प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०८०
लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-२७

       कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ बसपार्क नजिकबाट १ (एक) ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला अछाम,साँफेबगर न.पा. १० घर भइ हाल टिकापुर न.पा. १ बस्ने वर्ष २२ को मनोज भुललाइ शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी  पक्राउ गरेको हो ।       यसैगरि, जिल्ला कैलाली, धनगढी उप-महानरपालिका ३ त्रिनगर ब्यारेलबाट १ (एक) ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. १ पशुपती टोल बस्ने १८ बर्षिय किशोरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-२६

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ४ दक्षिणकाली स्थित अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.५०,०००।– बराबरको जुत्ताहरु, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अन्दाजी मूल्य रु.२२,०००।– बराबरको लेडिज सुट,कुर्ती लगायतका सामानहरु, धनगढी उ.म.न.पा. ३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. २३,५००।– बराबरको लेडिज सुट,कुर्ती,साडी,चिनी लगायतका सामानहरु र भजनी न.पा.३ कर्मदेबघाटबाट अन्दाजी मूल्य रु. २३,१००।– बराबरको चिनी,सुर्ती,ललिपप लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,१८,६००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४२,५८४।– बराबरको बिष्कुट,नमकिन,गुट्का,प्लाष्टिक लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-२५

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १० सडकघाटबाट ६२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २९ को संजय चौधरी र ऐ. बस्ने बर्ष ३० को कृष्ण चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले निजहरु मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेको अबस्थामा शंका लागी चेकजाँच गर्दा मोटरसाईकलको दाहिने पट्टिको पाइडलको रबर भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०६-२५

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. १३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५३,०००।– बराबरको लेडिज सुट,धोती, रेडिमेड ब्लाउज लगायतका सामानहरु, धनगढी उ.म.न.पा.२ पुरानो भन्सारबाट अन्दाजी मूल्य रु. ३७,०००।– बराबरको चिनी,लेडिज सुट,मैदा,मिश्री लगायतका सामानहरु, गौरीगंगा न.पा. १ चौमाला बजारबाट  अन्दाजी मूल्य रु. १,४८,०००।– बराबरको लेडिज सुट,लेडिज कुर्ती लगायतका सामानहरु र लम्कीचुहा न.पा.१ लम्कीबाट अन्दाजी मूल्य रु. २,०३,०००।– बराबरको जेन्स सुट,लेडिज सुट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.४,४१,०००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बस्ने बिष्णु गुप्ताले घरमा संचालन गरेको पसलमा शंका लागी चेकजाँच गर्दा निजको पसलमा र निजकै भिमदत्त न.पा.१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छली गरी ल्याई राखिएका अन्दाजी मूल्य रु.९,००,००० ।-(नौ लाख) बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु बुधबार साँझतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले फेला पारी कानून बमोजिम बरामद गरि निज सहितलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-२४

कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, पुनर्वास न.पा.११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ८५,०००।– बराबरको लेडिज सुट,गुट्का लगायतका सामानहरु, शुक्लाफाँटा न.पा. ११ कलुवापुर चोक स्थित सडक किनाराबाट अन्दाजी मूल्य रु. ३२,७५०।– बराबरको चिनी,मिश्री लगायत श्रृंगारका सामानहरु र बेलौरी न.पा. ७ पौलाहा चोकबाट अन्दाजी मूल्य रु. ६३,२००।– बराबरको ग्रिस,एयर फिल्टर,फ्युल फिल्टर,भारतिय नंम्बर प्लेटको मोटरसाईकल थान १ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,८०,९५०।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा. २ बौनिया स्थित भजनी सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४३,५५०।- बराबरको जुता,चप्पल मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-२३

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।– बराबरको चिनी,मिश्री,दाल लगायतका सामानहरु,भिमदत्त न.पा. १० बिधुत कार्यालय अगाडीबाट अन्दाजी मूल्य रु. १५,०००।– बराबरको बिडी,प्लाष्टिक लगायतका सामानहरु, शुक्लाफाँटा न.पा. १२ कालागौडी पुलबाट अन्दाजी मूल्य रु. ४५,००० ।– बराबरको कुर्ता सुरुवाल, बच्चाले लगाउने दाउरा सुरुवाल लगायतका सामानहरु र बेलौरी न.पा.१० सडकघाटबाट अन्दाजी मूल्य रु. १५,५००।- बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा अन्दाजी मूल्य रु.१,२५,५००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ४ गोल मार्केटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।– बराबरको लेडिज सुट,कुर्ती,धोती लगायतका सामानहरु र ऐ.९ बङ्ग्राकटानबाट अन्दाजी मूल्य रु. ६६,०००। बराबरको चिनी,प्लाष्टिक डोरी,बिडी,सुर्ति लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.९६,०००।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।       दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा.९ दत्तुबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ८०,५००।– (असी हजार पाँच सय)  बराबरको जकेट लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१९

कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.४ गोदावरीबाट ३ किलो ५०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ्, बुङ्गल न.पा.२ बस्ती घर भई हाल जिल्ला कञ्चनपुर,कृष्णपुर न.पा.१ दोमिल्ला बस्ने बर्ष ३५ को गोरे धामीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट गोदावरी कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल थान १ समेत बरामद गरि निजलाई पक्राउ गरेको हो ।      यसैगरि:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर ब्यारेलबाट ७१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ५ बस्ने बर्ष ३५ को मुकेश कुँवरलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ४ बस्ने बर्ष २५ को सन्तोष तिरुवा समेत दुई जनालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१८

कैलाली:- जिल्ला कैलाली,लम्कीचुहा न.पा.९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला लखिमपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४ को गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने वर्ष २१ को कुलदिप सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी भारतिय नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरि निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।   यसैगरि, जिल्ला कैलाली, लम्कीचुहा न.पा.१० तिघरी भन्ने स्थानबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.बर्दगोरिया गा.पा.२ बस्ने वर्ष २६ को सुनिल कुमार चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।  यसैगरि, जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ थारु छात्रावास नजिकबाट २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.८ बस्ने बर्ष ३० को रंजित चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।   कञ्चनपुर:-जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. २ क्याम्प नजिकबाट ४ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त न.पा. २ उल्टाखाम बस्ने बर्ष २७ को राजु चौधरी र ऐ. १९ बागफाँटा बस्ने बर्ष २० अमित चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१८

        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३१,७००।– बराबरको जुता,लेडिज सुट,चिनी लगायतका सामानहरु,भिमदत्त न.पा.४ शिव मन्दिर रोडबाट अन्दाजी मूल्य रु. ३९,१६०।– बराबरको चिनी,मटर दाल,प्लाष्टिक लगायतका सामानहरु र बेलौरी न.पा. ६ भन्सार रोडबाट  अन्दाजी मूल्य रु. १,४८,१००।- बराबरको चिनी,केराउ,युरिया मल,आलु,ग्याँस चुलो लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,१८,९६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. २ पुरानो भन्सार स्थित अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५९,५००।– बराबरको क्यामराको बिभिन्न पार्टपुर्जाहरु, धनगढी उ.म.न.पा. २ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु.५६,७००।– बराबरको लेडिज सुट,कुर्ती,धोती,चिनी लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. १८ थापाघाटबाट अन्दाजी मूल्य रु. २५,१६०।- बराबरको काटा चम्चा,स्टिलको बाटा,स्टिलको कचौरा,मोटरसाईकलको क्लोज पलेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,४१,३६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१७

दार्चुला:- जिल्ला दार्चुला,शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर- लटिनाथ भित्री सडक खण्डबाट ४ किलो १०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ,तौल गर्ने फलामको तराजु र ढक सहित ऐ.मार्मा गा.पा. वडा नं.१ घोल्जर बस्ने बर्ष २० को सहदेव सिंह ठगुन्ना र ऐ.१ ताकु बस्ने बर्ष २८ को बिर्ख सिंह ठगुन्नालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरेको हो ।         कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ ब्यवसायक्षेत्र स्थित सडक खण्डबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.जानकी गा.पा. ९ बस्ने बर्ष २८ को ललित सिंह बि.क.लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।        कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा खुनाटोलबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २५ को हरि कुमार खुनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गेटा कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मानिसको सकुशल उद्दार
२०८०-०६-१६

कञ्चनपुर:- जिल्ला डडेल्धुरा,अमरगढी न.पा.वडा नं.७ बस्ने बर्ष ५२ को दल बहादुर ठाडामगर भारतको पुर्णागिरी मन्दिर दर्शन पश्चात सोमबार साँझतिर जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.७ ब्रह्मदेब स्थित महाकाली नदीमा पौडी खेलेर निजको आफन्त ऐ, भिमदत्त नगरपालिका वडा नं.९ बस्ने दल बहादुर रोकायाको घरमा आउने क्रममा पौडी खेल्न थाके पछि निज नदीको बिच भागमा फसेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट प्रहरी टोली खटिई गई स्थानिय र प्रहरीको सहयोगमा निजको सकुशल उद्दार गरि प्रहरीले निजलाई आफन्तको जिम्मा लगाएको हो ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१६

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं.४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३९,००७।– बराबरको मोबायलका कभरहरु,स्क्रिन कार्डहरु, ऐ.११ भुजेला र तिनताराबाट अन्दाजी मूल्य रु. ५,०५,३५०।- बराबरको जुत्ता,सुट,साडी,चेक सर्ट,मोबाईल स्क्रिन,मोबाईल कभर,मोबाईल चार्जर,डाटा केबल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.५,४४,३५७।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।  

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१५

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं.१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.३,१७,७००।–जुता,लेडिज सुट,साडी,मोबायलको कभर लगायतका सामानहरु र ऐ.गड्डाचौकी ब्यारेलबाट अन्दाजी मूल्य रु.१५,०००।– बराबरको मुन्ना गोला (पटाका) र बेलौरी न.पा. ६ भन्साररोडबाट  अन्दाजी मूल्य रु. ४२,६००।– बराबरको सुर्ती,सुजी,प्लाष्टिक,सोयाबिन लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३,७५,३००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ मिलन चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४४,४७०।-बराबरको चिनी,लेडिज सुट,नमकिन,साबुन,नरिवल लगायतका सामानहरु आईतबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । यसैगरि, जिल्ला कैलाली, कैलारी गा.पा. ३ निमुवाबोझीघाटबाट अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.७,५००।– (सात हजार पाँच सय ) बराबरको बोईलर कुखुरा आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रण लिई आवश्यक प्रकृया पुरा गरि नष्ट गरिएको हो । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१४

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.१० स्थित बिभिन्न स्थानहरु, भिमदत्त न.पा. १० बिधुत कार्यालय अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।– बराबरको कपडा,ब्लुटुथ स्पिकर,प्लाष्टिकको कुर्ची लगायतका सामानहरु र ऐ.गड्डाचौकीबाट अन्दाजी मूल्य रु. १०,६७,०००।– बराबरको कोट पाईन्टको कपडा,सर्टको कपडा,ट्रेक सुट,जिन्स पाईन्ट,लेडिज सुट,मोबायल कभर,चप्पल लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ बडाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.१९,७००।-बराबरको चिनी,सोडा,मिठाई,चकलेट लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१२

कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ११  त्रिनगर व्यारेल नजिकबाट २६ ट्याब्लेट स्पास र कोरेक्स १ बोतल अबैध लागू औषध सहित ऐ. १ बस्ने बर्ष २९ को विषेश गिरी समेत तीन जनालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो । यसैगरि, जिल्ला कैलाली, गोदावरी न.पा.९ सेहरी भन्ने गाऊँको कच्ची सडकबाट १ ग्राम १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष ३५ को हरिद्वारी रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्दान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१२

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. २,७५,०००।– बराबरको चिनि,मिश्री,नरिवल तथा सुर्ति जन्य पदार्थहरु लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.२६,०००।– बराबरको चामल र गहुँ बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

समझदारी पत्रमा हस्ताक्षर
२०८०-०६-०१

धनगढी, ०१ गते असोज,   आज मिति २०८०।०६।०१ गतेका दिन धनगढी उप-महानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलाली बीच धनगढी उप-महानगरपालिका वडा नं.१४ स्थित जेष्ठ नागरिक भवनमा आसरा सुधार केन्द्र फुलबारी स्थापना गर्ने समझदारी भएको छ । धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाल ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यू बीच समझदारी पत्रमा हस्ताक्षर भई समझदारी पत्र आदान प्रदान गर्नु भएको हो । धनगढी उप-महानगरपालिका नगर कार्य पालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोह,२०८० को कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रदेश अन्तरगत लागू औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको ब्यबस्था गरि असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुन:स्थापना गर्नु सुधार केन्द्रको उद्देश्य रहेको छ ।  

अधिक लोड >>
कम देखाउनुहोस् <<